राजेन्द्र पाण्डेले भने : प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ

हिमाल प्रेस ८ असार २०८० १७:४५
12
SHARES
राजेन्द्र पाण्डेले भने : प्रधानमन्त्रीको सचिवालय विघटन गरिदिए हुन्छ

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका सांसद राजेन्द्र पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो निजी सचिवालय विघटन गर्न सुझाव दिएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै पाण्डेले यस्तो सुझाव दिएका हुन्।

‘एउटा मन्त्रीले आफ्नै निर्वाचन क्षेत्रमा खन्याउने परिपाटी अन्त्य गर्नुपर्छ । प्रधानमन्त्रीको सचिवालय अस्तव्यस्त छ। आज प्रधानमन्त्रीले उत्तर दिँदैगर्दा एकजना माननीयले सोधेको उत्तर पनि आएको रहेनछ,’ उनले भने ,’यो तीन दिनअघि प्रश्न गरेको हो नि। उहाँको सचिवालयले तयार गरिदिनु पर्छ कि पर्दैनथ्यो? त्यस्ताे सचिवालय विघटन गरे हुन्छ।’

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सांसदले सोधेको प्रश्न सोध्न रोस्टममा उभिएका प्रधानमन्त्रीले कुन सांसदले के प्रश्न गरेको भन्ने नै भेउ पाएनन् अलमलमा परे। पाण्डेले अन्यत्रबाट सरुवा गरेर सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा थुपारिएकोमा पनि आपत्ति जनाए।

‘अहिले मन्त्रीहरूले मन नपराएका सचिवहरू त्यहाँ कवाडी थन्काए जस्तो थन्क्याउने स्थिति रहेछ। हरेक फ्रस्टेटेड मान्छेहरु थन्काउने भएपछि तिनीहरूले काम गर्छ? यतातिर ध्यान जान जरुरी छ,’ उनले भने, ‘प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रालयहरु चलिरहेका छन् या छैनन् म सोध्न चाहन्छु। संघीय मामिला मन्त्रालयको तराई मधेश समृद्धि भन्ने योजना छ। ६९ करोड ६५ लाख रुकम २५ जिल्लाको लागि तर, एउटा निर्वाचन क्षेत्रको लागि ४० प्रतिशत बजेट खनाइएका छन् एउटा मन्त्रीले। यसलाई सन्तुलित भन्न मिल्छ?’

उनले प्रधानमन्त्री पनि संघीयताअनुसार विकेन्द्रित हुन नसकेको टिप्पणी गरे। आफू जसरी हुन्छ शक्तिमा रहनुपर्ने विकृत रहेको पाण्डेको भनाइ छ।

प्रकाशित: ८ असार २०८० १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =