कोशी प्रदेशका मुख्यमन्त्रीको शपथ ग्रहण आज

हिमाल प्रेस २२ असार २०८० ७:३६
14
SHARES
कोशी प्रदेशका मुख्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौँ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शुक्रबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष पद तथा गोपनियताको शपथ लिने भएका हुन्।

मुख्यमन्त्रीको शपथ ग्रहणपछि उनले आज नै सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने बुझिएको छ।

प्रदेशसभाका सभामुखसहितको मत जोडेर आफ्नो पक्षमा सांसद संख्या पुर्‍याएको भन्दै विपक्षी एमालेसहितका दल र संविधानविद्हरूले उनको मुख्यमन्त्री नियुक्तिप्रति आलोचना गर्दै आएका छन्।

कोशी प्रदेश नामकरण परिवर्तन नहुने पहिलो अभिव्यक्ति दिएका मुख्यमन्त्री थापाले ३० दिन भित्र विश्वासको मत लिने बताएका छन्।

यो पनि:

कोशीको पाँचौँ मुख्यमन्त्री बने थापा

प्रकाशित: २२ असार २०८० ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =