कोशी प्रदेश : सभामुखको समेत हस्ताक्षर गराएर कांग्रेसका थापाको मुख्यमन्त्रीमा दाबी पेस

विवेक विवश रेग्मी २१ असार २०८० १७:१७
18
SHARES
कोशी प्रदेश : सभामुखको समेत हस्ताक्षर गराएर कांग्रेसका थापाको मुख्यमन्त्रीमा दाबी पेस

इटहरी– कोशी प्रदेशको मुख्यमन्त्रीका नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाको दाबी पेस भएको छ। गठबन्धनको तर्फबाट थापाले दाबी पेस गरेका हुन्। गठबन्धनका दलहरू कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।

थापाको समर्थनमा सभामुख बाबुराम गौतमसहित ४७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्। ९३ सदस्यीय कोशीमा सरकार निर्माणका लागि ४७ जनाको समर्थन चाहिन्छ।

थापाले कांग्रेसका २९, माओवादीका १३(सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसदको हस्ताक्षरमा दाबी पेस गरेका हुन्।

प्रदेशमा एमालेका ४० र राप्रपाका ६ र जसपाका एक सांसद छन्। एमालेको नेतृत्वको कोशी प्रदेशको सरकार ढलेपछि नयाँ सरकार गठनको ढोका खुलेको हो।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दाबढी दलका लागि ४ दिनको समय दिएर नयाँ सरकार गठनको आव्हान गरेका थिए।

प्रदेश प्रमुखले आज बिहीबार अपराह्न ५ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए।

शेखर कोइरालाले भने : कोशी सरकार बनाउन सभामुखको हस्ताक्षर बुझाउनु हुँदैन

एमालेले भन्यो : कोशीमा सभामुखको संख्या जोडेर मुख्यमन्त्री दाबी गर्न मिल्दैन

 

प्रकाशित: २१ असार २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =