यी नम्बर र वेब साइटबाट हेर्न सकिन्छ एसईई नतिजा

हिमाल प्रेस २० असार २०८० ११:४९
860
SHARES
यी नम्बर र वेब साइटबाट हेर्न सकिन्छ एसईई नतिजा

काठमाडौँ– परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले २०७९ को चैतमा लिएको परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले शुक्रबारभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए।

चैत १७ गतेदेखि सञ्चालित एसईई परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ जना परीक्षर्थी सहभागी थिए। तीमध्ये २ लाख ४२ हजार ७१२ जना छात्रा र २ लाख ४२ हजार ६७४ जना छात्र छन्।

यसरी हेर्न सकिन्छ नतिजा

कार्यालयले विद्यार्थीको सहजताका लागि वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ।

जसमा एसएमएस (आईभीआर १ सहित)का लागि ५ वटा र १४ वटा वेब साइटहरूबाट नतिजा हेर्न व्यवस्था मिलाइएको छ।

नेपाल टेलिकमबाट १६०० मा डायल गरी एईई नतिजा हेर्न/बुझ्न सकिन्छ। यस्तै ३५००१, ३४९४९, ३१००३, ३१०६४ डायल गरेर पनि एसईई नतिजा थाहा पाउन सकिन्छ।

यो पनि:

एसईईको नतिजा शुक्रबार प्रकाशन गर्ने तयारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fifteen =