प्रधानमन्त्रीको अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण : कमल थापा

हिमाल प्रेस १९ असार २०८० २०:५५
4
SHARES
प्रधानमन्त्रीको अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिर : रासस

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण भएको बताएका छन्। मंगलबार ट्विट गर्दै उनले प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाइप्रति आपत्ति जनाएका हुन्।

उनले प्रधानमन्त्रीको भनाइले सिंगो राजनीतिक क्षेत्र लज्जित भएको बताएका छन्। ‘तर दु:खको कुरा के हो भने यो भनाइ २०६३ पछिको धरातलीय यथार्थ हो। आत्मसमर्पणवादको ज्वलन्त उदाहरण हो,’ उनले लेखेका छन्।

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा ‘मलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैचोटि दिल्ली जानुभयो’ भन्ने अभिव्यक्ति दिएका थिए।

प्रकाशित: १९ असार २०८० २०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =