विनोद चौधरीको प्रश्न- प्रशस्त पैसा हुँदा पनि ब्याजदर किन घटेन ?

हिमाल प्रेस १९ असार २०८० १६:१३
12
SHARES
विनोद चौधरीको प्रश्न- प्रशस्त पैसा हुँदा पनि ब्याजदर किन घटेन ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले बैंकहरूसँग प्रशस्त लगानीयोग्य रकम हुँदा पनि ब्याजदर किन घट्न सकेन भनेर प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधिसभाकाे अर्थ समितिको बैठकमा सांसद चौधरीले प्रशस्त पैसा हुँदा पनि ब्याजदर नघट्नु र ऋण लगानी नबढ्नुको कारण खोतल्नुपर्ने बताएका हुन्।

उनले भने, ‘अहिले बैंकहरूसँग निक्षेप तथा कर्जाको अनुपात ८३ प्रतिशतमा झरेको छ। तर पनि बैंकले किन ऋण दिन सकिरहेका छैनन्। ब्याजदर किन घट्न सकेको छैन।’

चौधरीले यस विषयमा राष्ट्र बैंकको नीति स्पष्ट हुनुपर्ने बताए। तरलता हुने तर लगानी नबढ्नेजस्ता अन्तरविरोधका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने उनले धारणा राखे।

सांसद चौधरीले राजस्व संकलनको अवस्था झन् डरलाग्दो रहेको बताए। ‘हालसम्म ९ खर्ब हाराहारीमा मात्रै राजस्व संकलन भएको छ। तर सरकारको साधारण खर्च १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति हो,’ उनले भने।

चौधरीले अर्थतन्त्र चलायमान बनाउन सरकारको ध्यान जान आवश्यक रहेको बताए। उनले राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्धको प्रभावले अर्थतन्त्र चलायमान हुन नसकेको पनि औँल्याए।

प्रकाशित: १९ असार २०८० १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 4 =