सीआईबीले लियो विनोद चौधरीसँग बयान

हिमाल प्रेस ८ चैत २०८० ९:४७
24
SHARES
सीआईबीले लियो विनोद चौधरीसँग बयान

काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नेपाली कांग्रेसका नेता एवं सांसद विनोद चौधरीको बयान लिएको छ। बाँसबारी जग्गा प्रकरणमा चौधरीको संलग्नता देखिएको भन्दै सीआईबीले बयान लिएको हो।

‘केही समयअघि मात्रै बयान लिएर सक्यौ,’ सीआईबीका प्रवक्ता होविन्द्र बोगडीले हिमाल प्रेससँग भने,‘बिहान ८ बजेदेखि लिएको हो।’ चौधरीलाई सोधिएको बयानका बारेमा भने बोगडीले खुलाएनन्। चौधरीलाई सरकारी वकिलको कार्यालय, काठमाडौंमा लगेर बयान लिएको हो।

बासबारीको १० रोपनी सरकारी जग्गा हडपेको भन्दै चौधरी अनुसन्धानमा तानिएका हुन्।

चौधरीलाई बयान लिन जानकारी लिँदै सीआईबीले सभामुख देवराज घिमिरेलाई बुधबार पत्र लेखेको थियो।

पत्रमा सीआईबीले सभामुख देवराज घिमिरेलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, ‘बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको कामपा–३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक सेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ।’

बासबारी जग्गा प्रकरणमै संलग्नता रहेको भन्दै चौधरीका भनाइ अरुण चौधरीलाई पक्राउ परेका थिए। उनी धरौटीमा रिहा भइसकेका छन्। सरकारी जग्गालाई व्यक्तिको नाममा लिन किर्ते गरेको भन्दै चौधरी घटना अनुसन्धानमा तानिएको हो।

प्रकाशित: ८ चैत २०८० ९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =