देशभर मनसुनी प्रभाव, बाढी पहिरोबाट जोगिन आग्रह

हिमाल प्रेस १८ असार २०८० ६:२९
12
SHARES
देशभर मनसुनी प्रभाव, बाढी पहिरोबाट जोगिन आग्रह फाइल तस्बिर।

काठमाडौँ– सोमबार (आज) देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र मधेश प्रदेशको केही स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

सबै प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघ-गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको समेत सम्भावना छ।

देशमा मनसुन सक्रिय रहेकाले वर्षाका कारण हुने बाढी पहिरोबाट सतर्क रहज जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले यस्ता विपद्बाट जोगिन महाशाखाले आग्रह गरेको हो।

देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने पनि महाशाखाले जनाएको छ।

प्रकाशित: १८ असार २०८० ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =