कर्मचारीमाथि अधिवक्ताले हातपात गरेपछि देशभरका अदालतको कामकाज ठप्प

हिमाल प्रेस १७ असार २०८० १२:२१
16
SHARES
कर्मचारीमाथि अधिवक्ताले हातपात गरेपछि देशभरका अदालतको कामकाज ठप्प

काठमाडौँ- सर्वोच्चसहित देशभरका अदालतको कामकाज ठप्प भएको छ। जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङमाथि अधिवक्ता अमिर लामिछानेले हातपात गरेको विरोधमा अदालतका कर्मचारीहरू आन्दोलित भएका हुन्। लामिछानेले बुधबार जिल्ला अदालत ललितपुरकी नायव सुब्बा तामाङमाथस हातपात गरेका थिए।

लामिछानेले हातपात गर्दा तामाङको मुखमा चोट लागेको थियो भने सट च्यातिएको थियो।

यही घटनाको विरोधमा आज आइतबार दिउँसो १ बजेसम्मलाई सर्वोच्चसहित देशभरका अदालतमा कर्मचारीहरूले ‘पेन डाउन’ गरेर काम रोकेका छन्।

कर्मचारीले ‘पेन डाउन’ गरेपछि सर्वोच्च अदालतको इजलासमा सुनुवाइ पनि रोकिएको छ। कर्मचारीलेहरुले साढे १ बजे आन्दोलन फिर्ता लिएपछि मात्रै सुनुवाइ अघि बढ्ने भएको छ।

कुटपिटमा उत्रिएका अधिवक्तामाथि कारबाही नगरे आन्दोलनका अन्य कार्यक्रम सार्वजनिक हुने बताइएको छ।

अदालतकी नासुलाई कुट्ने वकिल पक्राउ

प्रकाशित: १७ असार २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 10 =