चीन तथा युगसँग अनुकूल गर्ने नयाँ तह खुल्छ : चिनियाँ राष्ट्रपति सी

हिमाल प्रेस १६ असार २०८० २०:३१
6
SHARES
चीन तथा युगसँग अनुकूल गर्ने नयाँ तह खुल्छ : चिनियाँ राष्ट्रपति सी

काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले मार्क्सवादलाई चीन तथा युगसँग अनुकूल गर्ने नयाँ तह अहिलेको आवश्यकता भएको जनाएको छ।

यसबारे छैटौँ सामूहिक शिक्षामा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सी चिनफिङले उक्त सामूहिक शिक्षाको अध्यक्षता गरेका थिए। उनकाअनुसार, मार्क्सवादीलाई चीन तथा युगसँग अनुकूल गर्ने नयाँ तह खुल्ने कार्य वर्तमान चिनियाँ कम्युनिस्टहरूको ऐतिहासिक जिम्मेवारी हो।

चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनमा ऐतिहासिक अनुभवको समीक्षा गर्ने पनि उल्लखे छ। त्यस आधारमा सैद्धान्तिक नवीनता गर्ने वैज्ञानिक तरिका प्रस्तुत तथा व्याख्या गरेको भन्दै सीले त्यो अनुरूप समय सापेक्ष तह बनाउन आवश्यक रहेको बताए।

जसले पार्टीको सैद्धान्तिक नवीनताका लागि मूल अनुसरण प्रस्तुत गरेको हो। सीपीसी केन्द्रीय समितिका महासचिव सीले पार्टीको सैद्धान्तिक नवप्रवर्तनमा थप उपलब्धि हासिल गर्न आह्वान गरेका हुन। सीले पार्टीको सैद्धान्तिक प्रगल्भ बुझाइ निरन्तर गहिरो हुनुपर्ने पनि बताए। मार्क्सवादलाई चिनियाँ परिवेश र समयको आवश्यकतासँग समाहित गर्न नयाँ सीमाना खोल्नु आजका चिनियाँ कम्युनिस्टको गम्भीर एवम् ऐतिहासिक जिम्मेवारी हो भन्दै त्यसमा लाग्न समेत उनले सुझाए।

प्रकाशित: १६ असार २०८० २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =