साउदीका युवराजद्वारा चिनियाँ राष्ट्रपतिको स्वागत

हिमाल प्रेस २२ मंसिर २०७९ २१:४१
8
SHARES
साउदीका युवराजद्वारा चिनियाँ राष्ट्रपतिको स्वागत साउदी भ्रमणमा सी। फाइल तस्बिर

काठमाडौँ– साउदी अरब भ्रमणरत चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वागत समारोहमा सहभागी भएका छन्। बिहीबार राजधानी रियादको शाही दरबारमा साउदी राजा सलमान बिन अब्दुलाजिज अल साउदको तर्फबाट साउदी युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमान अल साउदले आयोजना गरेको समारोहमा उनी सहभागी भएका हुन्।

मोटरसाइकल र घोडामा सवार गार्डहरूको अनुरक्षणमा राष्ट्रपति सीको कार अल यामामाह दरबारमा आइपुग्दा साउदी युवराजले चिनियाँ राष्ट्रपतिलाई न्यानो स्वागत गरेका थिए।

सो अवसरमा शाही दरबारको सैन्य ब्यान्डले चीन र साउदी अरेबियाको राष्ट्रिय गान प्रस्तुत गरेको थियो।

प्रकाशित: २२ मंसिर २०७९ २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 10 =