संविधान विरुद्ध फूर्तिफार्ति लाउनेका लागि मोर्चा : माधव नेपाल

हिमाल प्रेस १६ असार २०८० १६:४८
10
SHARES
संविधान विरुद्ध फूर्तिफार्ति लाउनेका लागि मोर्चा : माधव नेपाल माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र विरुद्ध फूर्तिफार्ति लाउनेका विरुद्ध समाजवादी मोर्चा गठन गरिएको बताएका छन्।

शनिबार काठमाडौँमा नेपाल नेवाः राष्ट्रिय संघ(समाजवादी)को प्रथम बामती प्रदेश कमिटी भेला उद्घाटनमा उनले परिवर्तन विरुद्ध सलबलाइरहेकाहरूका लागि मोर्चा गठन गरिएको बताएका हुन्।

मुलुकको परिवर्तन विरुद्ध केही तत्व सल्बलाइरहेका भन्दै उनले मोर्चा त्यस विरुद्ध केन्द्रित हुने बताए। मुलुकको परिवर्तनलाई अघि बढाउन चाहनेहरूलाई सँगसँगै लिएर अघि बढ्ने उनको भनाइ थियो।

समाजवादी मोर्चाको बैठक आयोजना गर्ने तयारी भइरहेको भन्दै बैठकमार्फत आगामी कार्यदिशा र कार्यक्रम तय गर्ने उनले बताए। समाजवादी मोर्चा कसैलाई एक्लाउनका लागि नभएको पनि उनले बताए।

प्रकाशित: १६ असार २०८० १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =