राष्ट्रसेवक कर्मचारीलाई पुरस्कृत र दण्ड गर्ने दुवै खाले नीति ल्याउनुपर्छ : माधव नेपाल

हिमाल प्रेस २२ चैत २०८० २०:३८
28
SHARES
राष्ट्रसेवक कर्मचारीलाई पुरस्कृत र दण्ड गर्ने दुवै खाले नीति ल्याउनुपर्छ : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

काठमाडौँमा आज (बिहीबार) आयोजित ‘रौतहट टाइम्स साप्ताहिक’को २६औँ वार्षिकोत्सवमा सहभागी अध्यक्ष नेपालले कुशल कर्मचारी निर्माणमा राज्यको दायित्व प्रमुख हुने बताए। गलत गर्ने कर्मचारीलाई सजाय र इमानदार कर्मचारीलाई प्रोत्साहन दिनु आवश्यक रहेको उनको भनाइ थियो।

‘देश भ्रष्टाचारले ग्रस्त बन्दैछ,’ अध्यक्ष नेपालले भने, ‘यसमा राज्य प्रशासनकै कमजोरी छ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष अर्थतन्त्र उकास्ने खालका नीति ल्याउन पटक-पटक छलफल गर्दै आएको उनले जिकिर गरे।

प्रकाशित: २२ चैत २०८० २०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =