माधव नेपाल भन्छन् : दलाल, नोकरशाही पुँजीवादीले धेरै ठूलो समस्या खडा गरेका छन्

हिमाल प्रेस १४ साउन २०८० १५:१५
4
SHARES
माधव नेपाल भन्छन् : दलाल, नोकरशाही पुँजीवादीले धेरै ठूलो समस्या खडा गरेका छन्

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दलाल तथा नोकरशाही पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको बताएका छन्।

आइतबार समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शिक्षा क्षेत्रमा पनि दलाल पुँजीवाद समस्याका रूपमा रहेको बताएका हुन्।

‘समाजवादको कुरा गर्दा अहिले संसारमा दुई वटा व्यवस्था क्रियाशील छ। एउटा पँजीवादी व्यवस्था अर्को समाजवादी व्यवस्था। हाम्रो देशमा पनि दलाल तथा नोकरशाही पुँजीवादले धेरै ठुलो समस्या खडा गरिरहेको छ’, अध्यक्ष नेपालले भने, ‘यो शिक्षा क्षेत्रमा पनि हाबी छ, राज्यको अर्थतन्त्रमा पनि हाबी छ।राज्यको प्रशासनमा पनि हाबी छ।र यो व्यवस्थालाई नै कुरूप बनाउने कुरामा पनि जिम्मेवार छ।’ अध्यक्ष नेपालले दलाल पुँजीवादका विरुद्ध जुध्ने सङ्कल्प नगरेसम्म नेपालमा समाजवादको आधार तयार हुन नसक्ने पनि बताए।

अध्यक्ष नेपालले चार दलको समाजवादी मोर्चामा अरू दल पनि समावेश गर्ने प्रयास जारी रहेको भन्दै त्यसका लागि अन्य दलको पनि रुची हुन जरुरी रहेको बताए।

‘हामी समेसम्म धेरैलाई मोर्चामा समेट्न चाहन्छौँ, तर हामीले समेट्ने कुरा गरेर मात्र पुग्दैन।अरूले पनि चाहना राख्नुपर्छ।चाहाना राखेनन् भने हामी घिसारेर ल्याउन सक्दैनौ।आफ्नो कुरा थोपर्न पनि सक्दैनौ’अध्यक्ष नेपालले मोर्चामा आउन आव्हान गर्दै भने, ‘आउनुहोस् बसौँ।नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि कस्तो नीति अवलम्बन गर्नुपर्छ। त्यसका निम्ति मिलेर अघि बढौँ।’

उनले देश राम्रो बनाउन र जनताको चाहनाअनुसारको परिपाटी बसाउन एकता आवश्यक रहेको बताए। उनले भ्रष्टाचार, शोषण, उत्पीडन र अत्याचारकाविरुद्ध सबै एक हुन जरुरी रहेको बताए।समाजवाद न्यायका लागि हुने भन्दै त्यसका लागि सबै एकजुट हुन जरुरी रहेको पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको भनाइ छ।

प्रकाशित: १४ साउन २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 14 =