मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

हिमाल प्रेस ११ साउन २०८० १३:०७ | Thursday, July 27, 2023
मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ।

जसमा मुख्यस् मिटरब्याजसम्बन्धी विधेयक रहेको छ। यसअघि प्रतिनिधिसभाबाट पारित विधेयक आज राष्ट्रियसभाबाट पनि पारित भएको हो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।

सभाको आजको पहिलो बैठकमा सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका थिए। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो।

सभाको अर्को बैठक यही साउन १८ गते बिहीबार अपराह्न १ बजेर १ मिनेटमा बस्नेछ।

प्रकाशित: ११ साउन २०८० १३:०७ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast