सार्वजनिक लेखा समितिको पहिलो बैठकमा सहभागी सांसदहरू। फाइल तस्बिर
काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।
शुक्रबार बिहान बोलाइएको समिति बैठक कोरम नपुगेपछि स्थगित भएको हो।
२६ सदस्यीय समितिमा बैठक बस्न १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित भएका थिए ।
बिहान साढे ११ बजे बोलाइएको बैठकमा गणपूरक सांसदहरू उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो।
संसदीय समितिमा अर्जुन नरसिंह केसी, अच्युतप्रसाद मैनाली, डा अमरेशकुमार सिंह, ऋषिकेश पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजु लाल चौधरी, दामोदर भण्डारी, दिपक गिरी, देवप्रसाद तिमलसेना, प्रदिप यादव, प्रेमबहादुर आले, मन्जु खाण सदस्य छन्।
मनिष झा, योगेशकुमार भट्टराई, राजेन्द्रकुमार केसी, राजेन्द्रप्रसाद लिङ्देन, रामकृष्ण यादव, रुक्मणी राना बराइली, लेखनाथ दाहाल ,विक्रम पाण्डे, श्यामकुमार घिमिरे, सराज अहमद फारुकी, संजयकुमार गौतम, हरि ढकाल सदस्य छन्।


