पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन तयारी

हिमाल प्रेस १३ असार २०८० १६:२६
4
SHARES
पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन तयारी मुख्यमन्त्री कार्यालय गण्डकी

पोखरा– पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुने भएको छ। यसअघि रोकिएको सम्मेलन यही असार १५ र १६ गते गर्ने आन्तरिक तयारी गरिएको छ। यसअघि गत जेठ १० र ११ मा हुने भनिएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू आउन नसक्ने बताएपछि सम्मेलन अन्तिम समयमा आएर रोकिएको थियो।

यसपालि मुख्यमन्त्रीहरूको सम्मेलनको आन्तरिक तयारी गरिएको गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले पुष्टि गरिन्। उनले भनिन्, ‘सम्मेलनको तयारी आन्तरिम रुपमा भइरहेको छ। पहिले पनि हुने भनिएको सम्मेलन एक्कासी रोकिएको थियो।’

प्रदेशले गरेका उपलब्धी र अधिकारका विषयमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन हुन लागेको उनको भनाइ छ। सम्मेलन पोखराको बिरौटास्थित पाँचतारे होटल ग्राण्डमा हुनेछ। सम्मेलनमा कुन प्रदेशले के कसरी काम गरिरहेको छ र कार्य अनुभव आपसमा साटासाट गर्न सम्मेलन फलदायी बन्ने सरकारको अपेक्षा छ।

प्रकाशित: १३ असार २०८० १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =