तथ्यांकका आधारमा नीति निर्माण गरौँ : सभामुख घिमिरे

हिमाल प्रेस ११ असार २०८० १९:२२
2
SHARE
तथ्यांकका आधारमा नीति निर्माण गरौँ : सभामुख घिमिरे सभामुख देवराज घिमिरे।

काठमाडौँ- सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताएका छन्। सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद् भवन नयाँ बानेश्वरमा ग्रहण गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।

उनले राज्यका हरेक नीति तथा कार्यक्रम बनाउँदा तथ्यांक कार्यालयले संर्वेक्षण गरेको तथ्यांक उपयोगी हुने बताए। राज्यको नीति तथा कार्यक्रम तय गर्दा तथ्य तथ्यांक जरुरत पर्ने उनको भनाइ थियो।

सभामुख घिमिरेले २०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्दै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन नीति निर्माताका लागि सहयोगी हुने अपेक्षा रहेको पनि बताए।
पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै जानु चिन्ताको विषय रहेको उनको भनाइ थियो।

हिमाल र पहाड रित्तिँदै गइ तराई वा सहरमा बसाईसराइको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने उनले औल्याए। तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनसंख्याको आधारमा अब आउने निर्वाचनमा जनसंख्याको आधारमा क्षेत्र निर्धारण गर्दा पहाडमा क्षेत्र घट्ने र तराई तथा सहरमा क्षेत्र बढ्नसक्ने उनको भनाइ थियो।

प्रकाशित: ११ असार २०८० १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =