बागमतीका सांसदलाई अभिमुखीकरण तालिम

हिमाल प्रेस ४ फागुन २०७९ १८:०३
6
SHARES
बागमतीका सांसदलाई अभिमुखीकरण तालिम

काठमाडौँ– बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेशसभा सदस्यका लागि काभ्रेको धुलिखेलमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। बागमती प्रदेशसभा सचिवालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशभरिका नवनिर्वाचित प्रदेशसभा सदस्यको सहभागिता छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कार्यक्रम शुभारम्भ गर्दै निर्वाचित सदस्यको काम, कर्तव्य, दायित्वका साथै संविधान र ऐन नियमबारे जानकारी लिन अभिमुखीकरण कार्यक्रम फलदायी हुने बताए।

‘जनताले दिएर पठाएको जिम्मेवारी र उत्तरदायित्व बहन गर्दै समस्या समाधान गर्नको लागि संसद्मा अझ बढी क्रियाशील हुन यसले थप मद्दत गर्नेछ,’ उनले भने।

प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेशसभा सदस्यले सरकारलाई संसद्प्रति जवाफदेही बनाउने तथा कार्यसम्पादन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अभिमुखीकरणले दिशानिर्देश गर्ने बताए।

प्रदेशसभामा निर्वाचित सदस्यलाई आवश्यकताअनुसार समय समयमा दिइने तालिममध्ये यो कार्यकालको दुई दिने गोष्ठी पहिलो पटकको भएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ।

गोष्ठीमा विधि निर्माण प्रक्रिया र सांसदको भूमिका, संसदीय गतिविधिमा सांसदको कर्तव्य र सुविधालगायत विषयमा विषय विज्ञहरुले सहजीकरण गर्ने आयोजकले जनाएको छ।

बागमती प्रदेशले पहिलो ५ वर्षे कार्यकालको १० वटा अधिवेशनमा दुई सय ७२ बैठक बसेको थियो। उक्त समयमा ७० वटा कानुन पारित भएका छन् भने ३३ वटा पाइप लाइनमा छन्। -रासस

प्रकाशित: ४ फागुन २०७९ १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =