नेताहरू कुर्सीको दौडमा लाग्दा मुलुकको आर्थिक र सामाजिक पक्षमा चुनौती देखियो : सभामुख घिमिरे

हिमाल प्रेस २५ चैत २०७९ १६:३६
4
SHARES
नेताहरू कुर्सीको दौडमा लाग्दा मुलुकको आर्थिक र सामाजिक पक्षमा चुनौती देखियो : सभामुख घिमिरे फाइल तस्बिर।

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक तथा समाजिक विकास गर्नका लागि अनेक चुनौतीहरू देखापरेको बताएका छन्। लायन्स क्लबले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

ठूलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगे पनि अहिले आर्थिक तथा समाजिक विकास गर्नका लागि अनेक चुनौतीहरू देखापरेको उनको भनाइ छ। अहिलेको प्रणाली र प्रणालीलाई नेतृत्व गरेका नेताहरूलाई कुर्सीका लागि मात्रै होडबाजी हो कि भन्ने आशंका समाजबाट भइरहेको उनले जिकिर गरे।

पदका लागि नभई सेवाभावका लागि अघि बढ्न लायन्सलाई सुझाव दिँदै उनले क्लबमार्फत समाजलाई आइपरेका विपत्तीहरूमा महत्त्वपूर्ण भूमिका खेलेमा यसलाई निरन्तरता दिन सुझाव दिए।

सभामुख घिमिरेले अन्धोपन हटाउनका साथै शिक्षा र स्वास्थ्यको विकासमा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गरे।

प्रकाशित: २५ चैत २०७९ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =