सरकार बनाउने मौका आए छाड्दैनौँ : रघुजी पन्त

हिमाल प्रेस १० असार २०८० १८:५६
4
SHARES
सरकार बनाउने मौका आए छाड्दैनौँ : रघुजी पन्त

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सरकार बनाउने मौका आए नछाड्ने बताएका छन्। आइतबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार बनाउन नहतारिने तर मौका आए नछाड्ने बताएका हुन्।

‘यो सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ,’ उनले भने, ‘यो गठबन्धनको सरकार हामीले गिराउनै पर्दैन । उहाँहरुको अन्तरविरोधबाटै सरकार ढल्छ।’

यस्तै उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको पनि बताए। सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको बताए।

प्रकाशित: १० असार २०८० १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 17 =