रास्वपाको घण्टी घरमा बाबुरामले भने : ०८४ को निर्वाचनपछि नयाँ दलको सरकार

हिमाल प्रेस ७ असार २०८० १७:१२
26
SHARES
रास्वपाको घण्टी घरमा बाबुरामले भने : ०८४ को निर्वाचनपछि नयाँ दलको सरकार

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचनपछि नयाँ दलको सरकार बन्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको एक वर्ष पुरा भएको अवसरमा आयोजित चियापान समारोहमा पुगेका भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन्।

उनले रास्वपाको उदयले आफू खुसी भएको पनि बताए।

‘बहुदलीय लोकतन्त्रको व्यवस्थामा विचार फरक हुन सक्छन्। अहिले नेपाली जनताले चाहेको नयाँ हुन्। नयाँ भनेको अग्रगमन हो,’ उनले भने, ‘पछाडि फर्किन होइन। संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लिएर जान सकोस्।’

भट्टराईले २०८४ निर्वाचनमा अहिले ठूला भनिएका दल सत्तामा नहुने पनि बताए। ‘आगामी निर्वाचनपछि नेपालमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ। को हुन्छ म भन्दिनँ कांग्रेस, एमाले र माओवादी आउँदैनन्’ उनले भने।

प्रकाशित: ७ असार २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =