सुदूरपश्चिमका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन

हिमाल प्रेस ५ असार २०८० १८:१०
74
SHARES
सुदूरपश्चिमका कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन

काठमाडौँ- बझाङमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन उपचारका क्रममा भएको छ। उनको बाँकेको कोहलपुरस्थित अस्पतालमा उपचारका क्रममा अपराह्न ५:३३ बजे निधन भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार मन्त्री सिंहको उपचारका क्रममा निधन भएको हो।

अस्पतालका निर्देशक प्राध्यापक डाक्टर ढुण्डीराज पौडेलका अनुसार अस्पतालको स्रोत साधनले भ्याएसम्म उपचारको प्रयास गरे पनि सम्भव भएन। ‘…उहाँको शरीरमा जीवित लक्षणहरू केही नदेखिएर ५:३३ मिनेट चिकित्सकले मृत घोषणा गरेको जानकारी गराउन चाहन्छु’ पौडेलले जारी विज्ञप्तिमा भनिएको छ।

मन्त्री सिंहकी अमृता र भाउजु जयादेवीको बझाङकै देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा निधन भएको थियो।  गम्भीर घाइते कानुनमन्त्री सिंह, उनका अंगरक्षक दीपक भण्डारी र चालक धर्मराज जोशीलाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको थियो। अहिले भण्डारी र जोशीको नेपालगन्ज मेडिकल कजेल शिक्षण अस्पताल कोहलपुरमा उपचार जारी छ। उनीहरूको बोल्न सक्ने अवस्थामा रहेका छन्।

मन्त्री सिंहसहित पाँच यात्रु चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो।

नेपाली कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत रहेका सिंह गत वर्ष भएको चुनावमा बझाङ–१ ‘१’बाट प्रदेश सभा सदस्यमा १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित भएका थिए। उनी २०८० जेठ ६ गते मन्त्री नियुक्त भएका थिए।

 

बझाङ सवारी दुर्घटना : गम्भीर घाइते मन्त्रीसहित तीन जनालाई कोहलपुर ल्याइयो [फोटो फिचर]

प्रकाशित: ५ असार २०८० १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =