नवपरासीको दलदलेमा एभरेष्ट बैंकको शाखा

हिमाल प्रेस ४ असार २०८० १८:३०
2
SHARE
नवपरासीको दलदलेमा एभरेष्ट बैंकको शाखा

काठमाडौँ- एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। सोमबार उक्त शाखाको उद्घाटन गरिएको बैंकले जानकारी दिएको छ। सो शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा संख्या १ सय २६ पुगेको बैंकले जानकारी दिएको छ।

गाउँ तथा शहरमा रहेका ग्राहकलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बढाउँदै आएको बैंकले जानकारी दिएको छ। सोमबार दलदले शाखाको उद्घाटन देवचुली नगरपालिका–१३ का वडाध्यक्ष एकदेव पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरे।

प्रकाशित: ४ असार २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =