एभरेष्ट बैंकद्वारा २०.५३ प्रतिशत लाभांश प्रस्ताव

हिमाल प्रेस ३० असोज २०८० १६:३४
एभरेष्ट बैंकद्वारा २०.५३ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडको २९औँ वार्षिक साधारण सभाले २०.५३ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

मंगलबार सम्पन्न साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारितसमेत गरेको छ।

प्रकाशित: ३० असोज २०८० १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =