भूकम्पपीडितलाई एभरेष्ट बैंकको २५ लाख रुपैयाँ सहयोग

हिमाल प्रेस २२ कार्तिक २०८० २०:०५
4
SHARES
भूकम्पपीडितलाई एभरेष्ट बैंकको २५ लाख रुपैयाँ सहयोग

काठमाडौँ- एभरेष्ट बैंकले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतबाट उक्त सहयोग गरेको हो।

गत कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरिएको बैंकले जानकारी दिएको छ।

उक्त रकमबाट भुकम्प प्रभावितको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने र आगामी दिनमासमेत उक्त किसिमको सहयोग जारी रहने बैंकको प्रतिबद्धता छ।

प्रकाशित: २२ कार्तिक २०८० २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =