ओम अस्पतालमा एभरेष्ट बैंकका ग्राहकलाई छुट

हिमाल प्रेस २६ भदौ २०८० १७:०५
ओम अस्पतालमा एभरेष्ट बैंकका ग्राहकलाई छुट

काठमाडौँ- एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा छुट पाउने भएका छन्। त्यसका लागि अस्पताल प्रशासन र बैंकबीच सम्झौता गरिएको छ। बैंकका ग्राहकले अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने सम्झौतामा उल्लेख छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले सम्झौतामा हस्ताक्षर गरेका छन्। बैंकका ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको आईपीडी डायग्नोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशत र दन्त सेवामा ५ प्रतिशत छुट पाउनेछन्।

प्रकाशित: २६ भदौ २०८० १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =