बाढी पहिरोमा मृतक परिवारलाई १ लाख रुपैयाँ दिने प्रदेश सरकारको घोषणा

हिमाल प्रेस ४ असार २०८० १०:२०
4
SHARES
बाढी पहिरोमा मृतक परिवारलाई १ लाख रुपैयाँ दिने प्रदेश सरकारको घोषणा

विराटनगर– कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल १ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। कोशी प्रदेश विपद् व्यवस्थापन समितिको आइतबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।

कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिल मेन्यांबो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाई राहतस्वरूप १ रुपैयाँ लाख प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्यांबोको सचिवालले जनाएको छ।

घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको मन्त्री मेन्यांबोले जानकारी दिए।

५१ घर उच्च जोखिममा

निरन्तर वर्षासँगै आएको बाढी पहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचारको पूर्णरूपमा क्षति भएको छ।

निरन्तर वर्षासँगै बाढीपहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो। शनिबार रात गएको बाढी पहिरोले ताप्लेजुङको सिदिङवा-५ मेहेलेमा १ युवकको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्।

बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। पहिरोमा परी मैवाखोला गाउँपालिकामा १ जना घाइते भएका छन्। घाइतेको उपचार भइरहेको छ।

सिरिजंगा गाउँपालिकामा ७ घर सिदिङवा गाउँपालिकामा २१ घर, मैवाखोला गाउँपालिकामा २१ र पाथिभरा याङवरक गाउँपालिका १ गरी ५१ घर परिवार उच्च जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

यस्तै सिरिजंगामा एक, सिदिङवामा १ र मैवाखोलामा १ गरी ३ पक्की मोटरेबल पुल पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

ताप्लेजुङको विभिन्न क्षेत्रमा पाँच झोलुंगे पुल बाढीले बगाएको छ। पुल बगाएसँगै १ ठाउँबाट अर्को ठाउँमा जान समेत बन्द भएको छ। सिदिङवा, मैवाखोला र सिदिङवा गाउँपालिकामा गाई पाँच, भैँसी २ बाख्रा ८ बाढीले बगाएको जिल्ला प्रशासशन कार्यालय ताप्लेजुङले जनाएको छ।

सिरिजंगामा ४, सिदिङवामा ४ र पाथीभरा याङवरकामा १ गरी ९ घर पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

सिदिङवामा १ र सिरिजंगामा १ गरी २ विद्युत् गृह पूर्णरूपमा क्षति भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सिरिजंगा-८ याम्फुदीनमा र ७ खेवाङमा गरी सात सरकारी कार्यालय पूर्णरूपमा क्षति भएको छ।

सिरिजंगा -८ मा सञ्चालन रहेको १ क्रसर उद्योगसमेत बाढीले बगाएको छ। यस्तै १ कुखुरा फर्म पूर्णरूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले जनाएको छ। सिरिजंगा -८ याम्फुदीनमा १ सामुदायिक विद्यालयसमेत बाढीले बगाएको समितिले जनाएको छ।

उद्धारमा सास्ती

ताप्लेजुङमा आइतबार आन्तरिक तथा बाह्य यातायातका साधन सञ्चालन हुन सकेको छैन। निरन्तर वर्षासँगै विभिन्न क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध भएपछि यातायात ठप्प भएसँगै बेपत्ताको लागि खोज तथा उद्धारकार्यका लागि सास्ती भएको हो।

मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोला माथिको पुल बगाएपछि ताप्लेजुङ, पाँचथर, इलामसहित तराईका जिल्लातर्फ जाने सवारी साधन सदरमुकाममा थन्किएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता कुशुराम कार्कीको भनाइ छ।

तमोर नदीसहित तमोर करिडोरअन्तर्गतका खोलामा बाढी आएकाले उक्त तमोर करिडोरको सडकसमेत अवरुद्ध भएकाले छोटो र लामो दूरी छुट्ने सवारी साधन ताप्लेजुङदेखि छुट्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता कार्कीका अनुसार बिहीबार राति आएको बाढीले मेहनले र खेवाङ जोड्ने पुल भत्काएको छ। अविरल वर्षासँगै गए राति मैवाखोलामा आएको बाढीले दोभान बजार हुँदै आठराई त्रिवेणी जाने सकड बगाएको छ।

सडक अवरुद्ध भएकाले पहिरोग्रस्त क्षेत्रमा सदरमुकामबाट राहत र उद्धारका लागि जानसमेत कठिनाइ भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए।

व्यवस्थापन समितिकाका अनुसार दोभान बजार क्षेत्र मैवाखोलामा आएको बाढीले कटान गर्न थालेपछि आधाजसो परिवार मध्यरातमै सुरक्षित स्थानमा सरेका छन्। सिरीजंघाको याम्फुदिनमा काबेली खोलामा आएको बाढीले बस्ती कटान गरिरहेको छ। उक्त ठाउँका पाँच सरकारी कार्यालयसहित १५ परिवार अन्यत्र सरेका छन्। विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामासमेत बाढीपहिरोले क्षति पुगेको छ। विद्युत् आपूर्ति बन्द भएको छ।

गए रात ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, पाँचथरलगायत जिल्लामा बाढी पहिर सडक र पुलमा क्षति पुर्‍याउँदा करिब५० करोड रकम बराबरको क्षति भएको भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्रलयाले जनाएको छ।

प्रकाशित: ४ असार २०८० १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =