बजेट पास हुन दिँदैनौँ : सुवास नेम्वाङ

हिमाल प्रेस २ असार २०८० १७:०४
4
SHARES
बजेट पास हुन दिँदैनौँ : सुवास नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पास हुन नदिने बताएका छन्। शनिबार मधेश प्रदेशसभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका उनले सरकारले संसद्‍मा प्रस्तुत गरेको बजेट पास हुन नदिने बताएका हुन्।

सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको भन्दै उनले संसद्‍बाट कुनै पनि हालतमा पास हुन नदिने बताए। भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिनेगरी भेदभावपूर्ण रूपमा विनियोजन गरिएको बजेटको समर्थन गर्न नसकिने उनको भनाइ थियो।

उपाध्यक्ष नेम्वाङले सरकारले दुई दिनपछि अनिवार्य अवकासमा जान लागेका कर्मचारीलाई मुख्यसचिव बनाउने र कार्यकाल बाँकी रहेका मुख्यसचिवलाई पदबाट राजीनामा दिन बाध्य बनाउने काम गरेको पनि बताए।

मुख्यसचिवलाई सुरक्षा परिषद्मा लगेर थन्क्याउनु देशको रक्षा र विकासका लागि नभएको उनको भनाइ थियो। ‘भोलि आइतबार सचिवको म्याद सकिन्छ भन्ने व्यक्ति ३ दिनअघि मुख्यसचिव हुनुभयो,’ उनले भने, ‘मुख्यसचिवको पद खालि थिएन। मुख्यसचिवमा काम गरिरहेका व्यक्ति उहाँको अझै तीन महिना म्याद थियो । तर अचानक उहाँलाई राजीनामा गराइयो।’

प्रकाशित: २ असार २०८० १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =