नर्भिकमा लेजर इन प्रोक्टोलोजी : पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया अब सहज

हिमाल प्रेस ३२ जेठ २०८० १६:०६
2
SHARE
नर्भिकमा लेजर इन प्रोक्टोलोजी : पायल्स, फिसर र फिस्टुलाको शल्यक्रिया अब सहज

काठमाडौँ- पायल्स, फिसर र फिस्टुलाको उपचार सहज भएको छ। उक्त उपचारहरू चिरेर गरिँदै आएकोमा अब त्यस्तो परम्परागत शल्यक्रियाको युग सकिएको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ।

अस्पतालमा लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को सुरुवात गरेसँगै अब चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यता हटेको अस्पतालले बताएको हो।

अस्पतालका जनरल जीआई सर्जन(ग्यास्ट्रो इन्टेस्टाइन सर्जन) डा. प्रकाश चौधरी र डा. सञ्जय पौडेललगायतको जीआई सर्जरी टिमले नर्भिकमा पनि ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट उपचार सेवा थालनी गरेको हो।

दुई दिनअघि धनगढीबाट अस्पतालमा भर्ना भएका एक ३८ वर्षीय बिरामीको निकै पुरानो पायल्सको लेजर प्रविधिबाट सफलतापूर्वक उपचार भएको डा. चौधरीले बताए।

उनका अनुसार यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई पूरै बेहास् बनाइरहनु पर्दैन। ‘पहिला–पहिला हामी पायल्स, फिसर र फिस्टुलाका जटिल समस्याहरूको ओपन सर्जरी गरेर उपचार गर्ने गथ्र्यौँ,’ उनले भने, ‘अब भने त्यो बाध्यता हटेको छ।’

यो अत्याधुनिक प्रविधिबाट उपचार गराउँदा बिरामीलाई धेरै हस्पिटलमा बस्नुपर्ने बाध्यता पनि नरहेको उनले बताए। ‘लेजरबाट गर्दा सर्जरी सुचर लगाउनुपरेन, काट्नु परेन,’ डा. चौधरीले भने, ‘काटेपछि दाग हुन्थ्यो, लेजरबाट गर्दा दाग नदेखिने भयो।

लेजरबाट गर्दा रगत पनि कम बग्छ।’ उनकाअनुसार हस्पिटल आएर लेजर प्रविधिबाट उपचार गराएको ३-४ घण्टाभित्रै बिरामीलाई घर जान दिन सकिन्छ।

प्रकाशित: ३२ जेठ २०८० १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =