नर्भिकको ३०औँ वार्षिकोत्सव सम्पन्न

हिमाल प्रेस १० वैशाख २०८० १६:२९
10
SHARES
नर्भिकको ३०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ- नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो ३०औँ वार्षिकोत्सव मनाएको छ। हस्पिटलले एक हप्ताअघिदेखि विभिन्न कार्यक्रम गरी मनाउँदै अएको वार्षिकोत्सव आइतबार सम्पन्न गरेको हो।

साताव्यापी कार्यक्रमको अन्तिम दिन आइतबार एक समारोहको आयोजना गर्दै अस्पतालले विभिन्न घोषणा पनि गरेको छ। कार्यक्रममा अस्पतालका संस्थापक बसन्तकुमार चौधरीले ३० वर्षअघि आफ्ना स्वर्गीय पिताजी लुनकरणदास चौधरीले देखेको सपना साकार भएको भन्दै खुशी व्यक्त गरे।

सेवा बिस्तारमा नयाँ नयाँ चुनौतीसँग जुध्न नयाँ जोस र जाँगरको पनि आवश्यकता रहेको उनले बताए। जीवनको आधा समय खर्चेर आफूले यहाँसम्म ल्याएको नर्भिक हाँक्ने जिम्मेवारी अब आफ्नी छोरी मेघा चौधरीको काँधमा आएको पनि उनले बताए।

हस्पिटलकी प्रबन्ध निर्देशक समेत रहेकी मेघा चौधरीले नर्भिकले दिने सेवा अझ निखार्दै र बिस्तार गर्दै अगाडि बढ्ने बताइन्। अस्पतालले यसअघि प्रभातफेरि, रक्तदानलगायत कार्यक्रम आयोजना गरेको थियो। वार्षिकोत्सवकै अवसरमा विभिन्न सेवाहरुमा ३० प्रतिशत छुटको अफर समेत ल्याइएको थियो।

प्रकाशित: १० वैशाख २०८० १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 3 =