नबिल बैंक ४० वर्षमा प्रवेश : ‘प्रविधि र सजिलो बैंकिङमा एक कदम अगाडि’

हिमाल प्रेस २७ असार २०८० २०:२९
10
SHARES
नबिल बैंक ४० वर्षमा प्रवेश : ‘प्रविधि र सजिलो बैंकिङमा एक कदम अगाडि’

काठमाडौँ- नबिल बैंकले स्थापनाकाे ३९ वर्ष पूरा गरेको छ। नेपालमा निजी क्षेत्रको पहिलो बैंकका रूपमा सन् १९८४ जुलाई १२ मा स्थापना भएको बैंकले बुधबार ३९ वर्ष पूरा गरी ४०औँ वर्षमा प्रवेश गरेको हो।

चार दशकमा सर्वोत्कृष्ट बैंकिङ सेवा दिन सफल भएको दाबी बैंकले गरेको छ। ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवामा बैंकले पृथक चिनारी बनाएको बैंकको भनाइ छ।

वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकलाई निरन्तर सर्वाेत्कृष्ट बनाएको भन्दै कर्मचारीलाई धन्यवाद दिए। बैंकप्रति ग्राहकको अटुट भरोसा राखेको भन्दै ग्राहकप्रति आभार व्यक्त गरे। आगामी दिनमा पनि ग्राहकले भरोसा राख्ने वातावरण निरन्तर बनाउने प्रतिबद्धता उनले गरे।

बैंक एक कदम अघि

त्यस्तै प्रमुख कार्यकारी अधिकृत ढुंगानाले नबिल बैंक सरल र ग्राहकमैत्री सेवा दिने बैंकहरूमा एक कदम अगाडि रहेको बताए।

नबिल बैंकले प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिँदै आएकाले तुलनात्मक रूपमा एक कदम अगाडि रहेको बैंकका अधिकारीहरूको भनाइ छ।

‘सरलीकृत बैंकिङ सेवा विस्तार गर्ने क्रममा उच्चतम प्रविधिको प्रयोग गर्दै आएको नबिल बैंकले नेपालमा पहिलो पटक कम्प्युटराइज्ड बैंकिङको सुरु गरेको थियो,’ बैंकको दाबी छ, ‘सन् १९९४ मा पहिलो पटक एटीएम सर्भिसको सुरुवात गरेको थियो। सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङको सुरु गरी मोबाइलबाट बैंकिङ सुविधा लिने प्रविधि भित्र्याइएको थियो।’

बैंकका अनुसार सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप समावेश गरिएको थियो। त्यस्तै सन् २०१६ मा नबिलले कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको पनि बैंकको भनाइ छ।

पछिल्लो पटक सन् २०२२ मा एन बैंकको सुरुवात गरेर नेपालमा पहिलो पटक नियो बैंकिङ सुरु गरिएको बैंकले बताएको छ। बैंकको हाल कुल निक्षेप ३ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै कुल कर्जा ३ खर्ब ४० अर्ब रहेको छ।

हाल बैंकले २० लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। देशभर २ सय ६४ शाखा र २ सय ९८ एटीएममार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: २७ असार २०८० २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =