टाटाका रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

हिमाल प्रेस २५ भदौ २०८० २०:०५
टाटाका रिटेलर्सलाई नबिल बैंकले बिना धितो फाइनान्स सुविधा दिने

काठमाडौँ- नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा विक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।

टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको आधिकारिक विक्रेता सिप्रदी अटो पार्टस् प्रालि र नबिल बैंकबीच सहकार्य गर्ने सम्झौता गरिएको छ।

सिप्रदीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यक्रममा काठमाडौँ उपत्यकाका खुद्रा विक्रेता तथा टाटा गुरुहरूको पनि उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २५ भदौ २०८० २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =