नाडा अटो शोमा टाटाका तीन नयाँ गाडी सार्वजनिक

हिमाल प्रेस २६ भदौ २०८० १९:३१
नाडा अटो शोमा टाटाका तीन नयाँ गाडी सार्वजनिक

काठमाडौँ- टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टाटा टियागो इभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ।

काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मंगलबारदेखि सुरु भएको अटो शोमा उक्त गाडीहरू सार्वजनिक गरिएको हो। ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो शो २०२३’ मा उक्त गाडीहरूको विक्री सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो इभीमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ र आरामदायी रहेको कम्पनीको भनाइ छ। त्यस्तै क्रुज कन्ट्रोलसहित टियागो इभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषता उक्त गाडीमा छन्।

गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको कम्पनीको दाबी छ। यस टियागो इभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेड प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ। टियागो इभीजस्तै अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक छ।

नेक्सन इभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ रहेको छ। त्यसैगरी, टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भ आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका कम्पनीको भनाइ छ।

युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकको बदलिँदो इच्छा एवं आकांक्षा परिपूर्ति गर्ने कम्पनीको भनाइ छ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभीका रूपमा पनि परिचित छ। टियागो इभीको बजार मूल्य यसप्रकार रहेको छ ।

‘नेपालको प्रख्यात नाडा अटो शोमा भाग लिई टाटाका अत्याधुनिक गाडीहरू प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ,’ टाटा मोटर्सको इन्टरनेसनल विजनेश हेड मयंक वाल्डीले भने, ‘हरित यातायातको विकासमा निरन्तर नँया÷नँया आयामहरू थप्दै गर्ने हाम्रो प्रतिबद्धतालाई टाटा टियागो इभीले प्रतिनिधित्व गर्छ।’

टाटा पन्चले नेपाली बजारमा कम्पनीको ‘एसयुभी पोर्टफोलियो’ लाई थप बलियो बनाउने उनको भनाइ थियो। सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले टाटा टियागो इभी र टाटा पन्चले ड्राइभिङ अनुभव नवीन र दिगो ढंगले रूपान्तरण गर्ने बताए।

प्रकाशित: २६ भदौ २०८० १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =