टाटाका विद्युतीय गाडीमा एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

हिमाल प्रेस १३ मंसिर २०७९ ११:३६
1.0k
SHARES
टाटाका विद्युतीय गाडीमा एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

काठमाडौँ- नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र एभरेष्ट बैंकबीच कर्जा समझदारी भएको छ।

जसअनुसार एभरेष्ट बैंकले टाटाका विद्युतीय गाडी खरिदका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने भएको छ।

सवारी कर्जाको ब्याजदर १२.८ प्रतिशत र अवधि सात वर्षको हुने बैंकले जनाएको छ।

टाटाले नेक्सन र टिगोर विद्युतीय गाडी बिक्री गर्दै आइरहेको छ।

प्रकाशित: १३ मंसिर २०७९ ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =