बासस्थानमै छोडियो हुचिल

हिमाल प्रेस ३० जेठ २०८० १०:२२
6
SHARES
बासस्थानमै छोडियो हुचिल तस्बिरः रासस

गोरखा- डिभिजन वन कार्यालय गोरखाले अवैध रूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ। जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैध रूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझको समयमा प्राकृतिक बासस्थानमा पुर्‍याएर छाडिएको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत विनोद गायकले जानकारी दिए।

हुचिल रातका समयमा स्वतन्त्ररूपमा सक्रिय हुने प्रजातिको पक्षी भएकाले कृत्रिम बासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने जनाउँदै प्राकृतिक बासस्थानमै सुरक्षित छाड्न जिल्ला अदालत गोरखाले निर्देशन दिएपछि कार्यालयले सहिदलखन गाउँपालिकाको तामली भीरमा लगेर हुचिललाई उसकै बासस्थानमा छाडिएको उनले बताए।

‘हुचिललाई उसको साविकको बासस्थानबाहेक अन्य ठाँउमा छाड्दा आहाराको खोजीमा समय लाग्ने पनि हुन्छ,’ वन अधिकृत गायकले भने, ‘यसलाई सजिलै प्राकृतिक बासस्थानमा घुलमिल हुन सजिलो होस् भनेर पनि प्राकृतिक बासस्थानमा छाडिएको हो।’

बरामद पक्षीको जीवन रक्षाका लागि प्राकृतिक स्थानमै लगेर छाड्नका लागि अदालतले अनुमति दिएपछि डिभिजन वन कार्यालय गोरखाका अनुसन्धान अधिकृत गायक नेतृत्वको टोलीले बरामद भएको हुचिललाई प्राकृतिक बासस्थानमा छाडेको हो।

नेपालमा पाइने २३ प्रजाति हुचिलमध्ये ९ प्रजातिको हुचिल भने लोपोन्मुख अवस्थामा रहेको उनले जानकारी दिए। नेपालमा हुचिललाई किसानको साथी पनि भन्ने गरिन्छ।

हुचिलसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत गोरखामा अवैध वन्यजन्तुको आखेटोपसार ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको वन अधिकृत गायकले जानकारी दिए। रासस

प्रकाशित: ३० जेठ २०८० १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =