वन्यजन्तुका लागि पोखरी

हिमाल प्रेस ६ वैशाख २०८० ११:३९
4
SHARES
वन्यजन्तुका लागि पोखरी

गोरखा- वन्यजन्तुका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ। डिभिजन वन कार्यालयले वन्यजन्तुलाई पानी अभाव हुन नदिन जिल्लाभित्रका १६ सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न भइसकेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख डिभिजन वन अृधिकत अशोककुमार श्रेष्ठले जानकारी दिए।

‘चालु आर्थिक वर्षको कार्यक्रमबाट छ सामुदायिक वनमा पोखरी निर्माण सम्पन्न भइसकेको छ,’ उनले भने, ‘थप चार सामुदायिक वनमा अहिले पोखरी निर्माणको काम भइरहेको छ।’ उनले गएको आर्थिक वर्ष २०७८/७९ मा ६ वटा र त्यसभन्दा अघिसमेत नमुनाका रूपमा चारवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको जानकारी दिए।

सामुदायिक वनमा करिब ९ मिटर लम्बाइ, चार मिटर चौडाइ र एक मिटर गहिराइको पोखरी निर्माण गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए। कार्यालयले सामुदायिक वनसँगको लागत साझेदारी पोखरी निर्माण गरेको उनले बताए।

कार्यालयको तर्फबाट छनोटमा परेका सामुदायिक वनलाई एक लाख उपलब्ध गराउने र सामुदायिक वनले त्यसको २० प्रतिशत लागत साझेदारीमा पोखरी निर्माण गर्ने गरी कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयन गरिएको उनले भनाइ छ।

पोखरी निर्माणले जंगलमा पानी स्रोतलाई समेत जगेर्ना हुने भएकाले पनि कार्यक्रम प्रभावकारी बनेको उनले बताए। ‘पोखरी निर्माणपछि एकातर्फ जंगली जनावरलाई पानीको अभाव हुन पाउँदैन भने अर्कातिर पानीको स्रोत जोगाउन पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ,’ प्रमुख श्रेष्ठले भने, ‘वनको बीचमा पोखरी भएपछि डढेलो नियन्त्रणका लागि समेत सजिलो हुन्छ।’

वनमा निर्माण गरिएका पोखरीको स्थलगत अनुगमनका क्रममा जंगली जनावरको पाइला भेटिएको साथै जनावरले पोखरीको प्रयोग गरेको पाइएकाले पोखरी निर्माण प्रभावकारी भएको उनको भनाइ छ।

प्रकाशित: ६ वैशाख २०८० ११:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =