उद्धार गरिएको हुचिल छाडियो वनमा

हिमाल प्रेस २१ फागुन २०७९ ९:०९
4
SHARES
उद्धार गरिएको हुचिल छाडियो वनमा

धादिङ– धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएका छन्। डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिबार सो पक्षी वनमा छोडेको हो।

अवैध ढंगले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोलीले फागुन १६ गते नौबिसे क्षेत्रबाट हुचिलको उद्धार गरेको थियो।

हुचिल बोकेर हिँड्ने मकवानपुरको थाहा नगरपालिका–१२ का रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका वडा नं ५ का विनोद लामालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हुचिलको अवैध बिक्री वितरण रोकी संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला तस्करको हातबाट उद्धार गरिएको हुचिल जंगलमा छोडिनुने यसको संरक्षणमा सकारात्मक सन्देश पुग्ने नीलकण्ठ–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए।

हुचिल नेपाल, भारतलगायत दक्षिण अफ्रिका र एसियाका केही देशमा मात्र पाइन्छ।

प्रकाशित: २१ फागुन २०७९ ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =