फेवातालमा खसेकी महिलाको सकुशल उद्धार

हिमाल प्रेस २९ चैत २०८० २१:१४
178
SHARES
फेवातालमा खसेकी महिलाको सकुशल उद्धार

पोखरा- फेवातालमा कायक दुर्घटना हुँदा तालमा खसेकी एक महिलाको सकुशल उद्धार भएको छ।

बिहीबार दिउँसो साढे २ बजेतिर काठमाडौं महानगरपालिका-१७ सामाखुसीकी २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी थिइन्। उनको तत्कालै सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो।

पोखरा-५, मालेपाटनस्थित सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेक्वार्टर कालिकाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्माले उनको सकुशल उद्धार गरिएको बताए। उनका अनुसार ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ।

कायकमा रमाइरहेकी उनी एक्कासि हावाहुरीका कारण तालमा छाल आएपछि खसेकी थिइन्। उनलाई सशस्त्र प्रहरीलेको रेक्यु टिमले सकुशल उद्धार गरी ताल किनार ल्याएको थियो।

तालमा सम्भावित जोखिम न्यूनीकरणका लागि वाराहीघाटमा सशस्त्र प्रहरीको रेस्क्यु वाच टावर खडा गरिएको छ। जसमा विशेष उद्धार तथा गोताखोर टोली तैनाथ हुन्छन्। तत्कार उद्धार भएकोले अप्रिय घटना हुन नपाएको सशस्त्र प्रहरी उपरीक्षक शर्माले बताए। उनका अनुसार पछिल्लो ४ दियनता तालबाट करिब २ सय जनाको उद्धार भएको छ।

दिउँसोको समयमा हावाहुरी चल्ने र पानीमा छाल आउँदा डुंगा तथा कायक जोखिममा पर्ने गरेका छन्।

सशस्त्र प्रहरी निरीक्षक वा प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली रेस्क्यू टावरमा खटिने गरेको छ। आवश्यक पर्दा थप जनशक्ति तत्काल खटिने व्यवस्था मिलाइएको छ।

प्रकाशित: २९ चैत २०८० २१:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =