चौधरीको माफीविरुद्ध इन्सपेक्टर बोहराकी श्रीमतीको रिट : अदालतले माग्यो सरकारसँग लिखित जवाफ

हिमाल प्रेस २३ जेठ २०८० १८:२१
226
SHARES
चौधरीको माफीविरुद्ध इन्सपेक्टर बोहराकी श्रीमतीको रिट : अदालतले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौँ- सर्वोच्च अदालतले ट‍िकापुर हत्याकान्डका दोषी रेशम चौधरीको आममाफी प्रकरणविरुद्धको रिटमा सरकारसँग लिखित जवाफ माग गरेको छ।  रिटमाथि सुनुवाइ गर्दै मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अग्राधिकार प्रदान गर्दै सरकारसँग पनि लिखित जवाफ मागेको हो।

टिकापुर हत्याकाण्डका प्रमुख योजनाकार रुपमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर चौधरीलाई सरकारले गत जेठ १५ गते आममाफी दिएपछि प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले रिट हालेकी थिइन्।

टिकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बोहराकी श्रीमती शारदाले गत आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि सुनुवाइ अघि बढेको थियो।

रेशम चौधरीविरुद्ध इन्स्पेक्टर बोहराकी श्रीमती शारदाले दिएको रिट सर्वोच्चमा दर्ता

रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्ध सर्वोच्च पुगिन् इन्स्पेक्टरकी पत्नी शारदा बोहरा

रेशम चौधरी कारागारमुक्त

प्रकाशित: २३ जेठ २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =