रेशम चौधरीविरुद्ध इन्स्पेक्टर बोहराकी श्रीमती शारदाले दिएको रिट सर्वोच्चमा दर्ता

हिमाल प्रेस १६ जेठ २०८० १६:२७
202
SHARES
रेशम चौधरीविरुद्ध इन्स्पेक्टर बोहराकी श्रीमती शारदाले दिएको रिट सर्वोच्चमा दर्ता

काठमाडौँ- टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिएर पीडकलाई थप पीडा दिने काम गरिएको भन्दै दिइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहोराकी श्रीमती शारदा बोहोराले चौधरीको आममाफी सम्बन्धी निर्णय असंवैधानिक रहेको भन्दै दायर गरेको रिट दर्ता भएको हो।

‘शारदा बोहराले दायर गर्नु भएको रिट दर्ता भएको छ। भोलिलाई पेसी तोकिएको छ’ सर्वोच्चका प्रवक्ता विमल पौडेलले हिमालप्रेससँग भने।

आइतबार चौधरीलाई माफी दिएलगत्तै सर्वोच्चमा रिट दायर गरे पनि दर्ता भएको थिएन। रिट आज मंगलबार दर्ता भएको छ। रिटमाथिको पेसी बुधबारलाई तोकिएको छ। चौधरीलाई जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरी जन्म कैद फैसला सुनाएको थियो।

बोहराले सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चौधरीलाई माफी दिन सिफारिस गरेपछि राष्ट्रपति कार्यालयलाई पनि माफी नदिन अनुरोध गर्दै पत्र लेखेकी थिइन्। कैलालीको टीकापुरमा २०७२ सालमा भएको हत्याकाण्डमा चौधरीसहित केही व्यक्तिको संलग्नता रहेको ठहर अदालतले गरेको थियो।

०७२ भदौ ७ गते टीकापुरमा भएको आन्दोलनमा चौधरीकै निर्देशनमा भएको आक्रमणमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक केशव बोहरासहित आठ सुरक्षाकर्मीको मृत्यु भएको अदालतकाे ठहर छ।

राष्ट्रपति कार्यालयमा प्रहरी निरीक्षक बोहराकी श्रीमती शारदा बोहरा कडायतले निवेदन पेस गरेकी हुन्। चौधरी डिल्ली बजार कारागारमा पाँच वर्ष दुई महिना कैद भुक्तान गरेर गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते जेलमुक्त भएका छन्।

रेशम चौधरी कारागारमुक्त

रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्ध सर्वोच्च पुगिन् इन्स्पेक्टरकी पत्नी शारदा बोहरा

रेशम चौधरीलाई माफी दिन नहुने भन्दै इन्स्पेक्टर बोहराकी श्रीमतीले दिइन् निवेदन

 

प्रकाशित: १६ जेठ २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =