रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्ध सर्वोच्च पुगिन् इन्स्पेक्टरकी पत्नी शारदा बोहरा

हिमाल प्रेस १४ जेठ २०८० १८:४६
786
SHARES
रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्ध सर्वोच्च पुगिन् इन्स्पेक्टरकी पत्नी शारदा बोहरा

काठमाडौँ- सरकारले टिकापुर हत्याकाण्डमा दोषी ठहर भई डिल्ली बजार कारागारमा सजाय भोगिरहेका रेशम चौधरीलाई माफी दिने निर्णय गरेपछि पीडितहरू अदालत पुगेका छन्।

कैलालीको टीकापुरमा २०७२ सालमा भएको हत्याकाण्डमा चौधरीसहित केही व्यक्तिको संलग्नता रहेको ठहर अदालतले गरेको थियो। ०७२ भदौ ७ गते टीकापुरमा भएको आन्दोलनमा चौधरीकै निर्देशनमा भएको आक्रमणमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक केशव बोहरासहित आठ सुरक्षाकर्मीको मृत्यु भएको अदालतकाे ठहर छ।

सरकारको सिफारिसमा आज आइतबार चौधरीसहित ४८२ जनालाई माफी दिने निर्णय राष्ट्रपति रामचन्द्र पौडेलले गरिसकेका छन्। गणतन्त्र दिवसको अवसरमा विभिन्न अभियोगमा जेल सजाय भोगी रहेकालाई माफी दिने निर्णय भएको हो।

राष्ट्रपतिले माफी दिने निर्णय गरेसँगै इन्स्पेक्टर बोहराकी श्रीमती शारदा बोहराले सर्वोच्च अदालतमा रिट पेस गरेकी छन्। सर्वोच्चका प्रवक्ता विमल पौडेलले निवेदन आइपुगेको तर आज दर्ता नभएको बताए।

बोहराले पेस गरेको रिट निवेदन अध्ययनकै क्रममा रहेको पौडेलको भनाइ छ। रिट भोलि (सोमबार) पनि दर्ता हुनेछैन। भोलि देशभर सार्वजनिक बिदा हुनेछ। अब उनको पत्र मंगलबारमात्रै दर्ता हुन सक्नेछ। उनको निवेदन दर्ताअघि नै चौधरी माफी पाएर जेल मुक्त हुनेछ।

रेशम चौधरीलाई माफी दिन नहुने भन्दै इन्स्पेक्टर बोहराकी श्रीमतीले दिइन् निवेदन

प्रकाशित: १४ जेठ २०८० १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =