नयाँ गठबन्धनमा रहन सुदूरपश्चिमको मुख्यमन्त्री चाहिने रेशम चौधरीको अडान

हिमाल प्रेस २१ फागुन २०८० १२:१०
18
SHARES
नयाँ गठबन्धनमा रहन सुदूरपश्चिमको मुख्यमन्त्री चाहिने रेशम चौधरीको अडान

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशम चौधरीले आफ्नो पार्टी नयाँ गबठन्धनमा रहने सम्भावना रहेको बताएका छन्।

उनले आज बिहान बालुवाटारमा बसेको नयाँ गठबन्धनको बैठकमा आफूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको बताएका छन्।

‘हामी नयाँ गठबन्धनप्रति सकारात्मक छौँ। तर सुदूरपश्चिमको मुख्यमन्त्रीको बारेमा कुरा गरेका छौँ।’

उनले भने,‘थारू विद्रोहबाट जन्मिएको पार्टी हो । त्यत्रो ठूलो क्षतिसहितको थारू विद्रोहबाट जन्मिएको पार्टी भएकाले जनमत पार्टीबाट मुख्यमन्त्री बनेको हेर्न सबैले चाहनुभएको छ।’ दूरपश्चिम प्रदेशमा उन्मुक्तिका ७ सांसद छन् ।

उनले केन्द्रमा पहिलो चरणमा ३ देखि ५ जना मात्र मन्त्री बन्ने र आफ्नो पार्टीबाट आज शपथ नहुने बताए ।

प्रकाशित: २१ फागुन २०८० १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =