इन्स्पेक्टर बोहराकी श्रीमतीले रेशम चौधरीविरुद्ध दायर गरेको रिट आज पनि हेर्न नभ्याइनेमा

हिमाल प्रेस ४ मंसिर २०८० १३:४८
192
SHARES
इन्स्पेक्टर बोहराकी श्रीमतीले रेशम चौधरीविरुद्ध दायर गरेको रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौँ- टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले माफी दिएको भन्दै त्यसविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नभ्याइनेमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासको पहिलो नम्बरमै पेस चढेको भए पनि हेर्न नभ्याइनेमा राखिएको छ।

टीकापुरमा रेशम चौधरीको संलग्नतामा नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहरासहितको हत्या भएको ठहर भएको थियो। सरकारले उनै चौधरीलाई कैद मिनाहा गरेपछि इन्स्पेक्टरकी श्रीमती शारदा कडायतसहितले कात्तिक २१ गते पुन: निवेदन दिएकी थिइन्। उक्ति निवेदनमाथि अहिलेसम्म चारपटक पेसी चढेर पनि सुनुवाइ हुन सकेको छैन।

आज भने न्यायाधीश चुडाल अर्को इजलासमा व्यस्त भएकोले हेर्न नभ्याइनेमा परेको सर्वोच्च प्रशासनले जनाएको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत असोज ३ गते कैद माफी पाएर रिहा भएका थिए।

२०७२ भदौमा कैलालीको टीकारपुरमा ८ सुरक्षाकर्मी र एक दूधे बालकको ज्यान जाने गरी भएको उक्त हत्याकाण्डमा जन्मकैद सजाय सुनाइएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा सजाय मिनाहा पाएर गत जेठ १५ गते नै छुटेका थिए।

रेशम चौधरीको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी टीकापुर घटनामा श्रीमान् गुमाएकी शारदा कठायतले गत जेठ १६ गते नै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। हत्या कान्डमा दोषी ठहर भएका व्यक्तिलाई माफी दिएको भन्दै सरकारको आलोचना भइरहेको छ।

प्रकाशित: ४ मंसिर २०८० १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + thirteen =