अर्थमन्त्रीले भनेको साँचो होस्, अखबारमा आएका कुरा साँचो नहोऊन् : ओली

हिमाल प्रेस २३ जेठ २०८० १५:२७
6
SHARES
अर्थमन्त्रीले भनेको साँचो होस्, अखबारमा आएका कुरा साँचो नहोऊन् : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले करका दर हेरफेरका विषयमा अर्थमन्त्रीले भनेको साँचो होस् भन्ने कामना गरेका छन्। संसद् बैठकमा बोल्दै उनले अखबारमा आएका खबरहरू झुटा होउन् भन्ने कामना गरेका हुन्।

‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ राम्रो लाग्यो, कसम खानेहरू खतरनाक हुन्छन्। आफ्नो सफाइ दिन खोज्नु भयो, त्यसमा बेनेफिट अफ डाउट दिउँ,’ उनले भने, ‘उहाँले भनेको कुरा नै साँचो होस् अखबारमा आएका कुराहरू साँचा नहोउन्। तर परिवर्तित दरहरू हेर्दा अनभिज्ञता हो, लापरबाही वा अर्थोकले नै कुराले प्रभावित गर्‍या छ?’

उनले व्यापारीहरू जुवाडे नभएको पनि बताए। ‘करको दर बढ्ने बेला ११ सय गाडी आए भन्ने सुनिन्छ। व्यापारीहरू जुवाडे होइनन्, यकिनका साथ उनीहरूले लगानी गर्छन्,’ उनले भने, ‘कर बढ्दैछ भने अघिल्लो दिन गाडी छिराउँछन्, घट्दैछ भन्यो भने पारि नै राखेर घटेपछि स्वाट्ट छिराउँछन्, विभिन्न आइटममा देखियो त।’

यस्तै उनले गाँजाको खेतीको विषयमा पनि आपत्ति जनाए। खाद्यान्नमा आत्मनिर्भर बनाउने विषय नभई बजेटमा गाँजा खेतीको विषय समेटिएको भन्दै उनले आपत्ति जनाएका हुन्। ‘यो गाँजाखेती कसका लागि हो? कसलाई चाहियो? अहिले मान्छे दृष्टिगौचर भएको छैन। तर कोही गाँजा खेतीका पछाडि,’ उनले शंका व्यक्त गरे।

अर्थमन्त्रीले भने– बिचौलियालाई मैले छेउछाउमा आउन दिएको छैन

प्रकाशित: २३ जेठ २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =