केयूकाे २८औँ दीक्षान्त समारोहमा १२४० विद्यार्थी सहभागी हुने

हिमाल प्रेस २३ जेठ २०८० १३:३८
10
SHARES
केयूकाे २८औँ दीक्षान्त समारोहमा १२४० विद्यार्थी सहभागी हुने

काठमाडौँ- जेठ २८ गते आयोजना हुने काठमाडौँ विश्वविद्यालय (केयू) को २८ औँ दीक्षान्त समारोह (दोश्रो चरण) का लागि १ हजार २४० जनाको ग्रेस लिष्ट पारित भएको छ।

विश्वविद्यालयको आइतबार बसेको ९५ औँ सभाले स्कुल अफ आर्टसका ३५, स्कुल अफ एजुकेसनका ५७, स्कुल अफ इन्जिनियरिङका ३६५, स्कुल अफ मेनेजमेन्टका ५०, स्कुल अफ मेडिकल साइन्सका ५६५, स्कुल अफ लका एक र स्कुल अफ साइन्सका १६७ गरी कुल १ हजार २४० विद्यार्थी दीक्षित हुने जनाएको हो।

दीक्षित हुनेमा ६२८ जना महिला र चार देशका ७३ जना विदेशी विद्यार्थी रहेको केयूले जनाएको छ। दीक्षान्त समारोह जेठ २८ गते आइतबार विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुनेछ। विश्वविद्यालय सभाले आव २०७९/८० को वार्षिक कार्यप्रगति विवरण र आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा अनुमानित बजेट स्वीकृत गरेको छ।

विश्वविद्यालय सभाले आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ को वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ।

प्रकाशित: २३ जेठ २०८० १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =