मोदीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने : निकै महत्वपूर्ण अनुभूत भइरहेको छ

हिमाल प्रेस १९ जेठ २०८० १७:४४
28
SHARES
मोदीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने : निकै महत्वपूर्ण अनुभूत भइरहेको छ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका रुपमा आफ्नो चौथो भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको बताएका छन्।

भारत भ्रमणको तेस्रो दिन सामाजिक सञ्जाल ट्वीटरमा मोदीसँगको भेटवार्तासहितको तस्बिर राख्दै प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा पाएको न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि प्रधानमन्त्री मोदी र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन् ।

‘प्रधानमन्त्रीका रुपमा मेरो चौथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्वपूर्ण अनुभूत भइरहेको छ। न्यानो आतिथ्य र महत्वपूर्ण समझदारीका लागि महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार प्रकट गर्दछु’, प्रचण्डले भनेका छन्।

प्रकाशित: १९ जेठ २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =