नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध अधिवक्ताहरू सर्वोच्चमा

हिमाल प्रेस १८ जेठ २०८० १२:५८
8
SHARES
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध अधिवक्ताहरू सर्वोच्चमा

काठमाडौँ- नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध दुई अधिवक्ता सर्वोच्च अदालत पुगेका छन्। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको प्रक्रिया नमिलेको भन्दै सर्वोच्च पुगेका हुन्।

रिट दर्ताको प्रक्रियामा रहेको अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए। उनले भने, ‘नयाँ जनादेशसहितको संसद् चलिरहेका बेला नागरिकता विधेयक गलत बाटोबाट प्रमाणीकरण गरियो, यसलाई रोक्न हामी न्यायालय आएका हौँ।’

दर्ता प्रक्रियामा रहेको रिट निवेदनमा प्रमाणीकरण गर्ने प्रक्रिया नमिलेको, गैरसंवैधानिक तरिकाले प्रमाणीकरण भएकाले तत्काल लागू नगर्न/नगराउन र विस्तृत अध्ययन तथा छलफलपछि संसदीय प्रक्रियामार्फत मात्रै नयाँ विधेयक ल्याउन माग गरिएको छ।

प्रतिनिधिसभाका तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले २०७९ साउन १५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पेस गरेका थिए।

तत्कालीन राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन्। संघीय संसद्ले दोस्रोपटक पारित गरी २०७९ भदौ २० गते राष्ट्रपतिसमक्ष पठाएको थियो। तर उक्त विधेयक राष्ट्रपति भण्डारीले असंवैधानिकरूपमा रोकेर राखेकी थिइन्।

त्यही विधेयक सरकारसँग छलफल गरी बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पारित गरेका थिए।

प्रकाशित: १८ जेठ २०८० १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =