हिन्दू धर्म मान्नेको संख्या ८१.१९ प्रतिशत, अरुको कति?

हिमाल प्रेस १९ जेठ २०८० २०:०९ | Friday, June 2, 2023
हिन्दू धर्म मान्नेको संख्या ८१.१९ प्रतिशत, अरुको कति?

काठमाडौँ- नेपालमा हिन्दू धर्म मान्नेको संख्या ८१.१९ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ।  केन्द्रीय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या हिन्दू धर्म मान्नेको छ।

दोस्रो नम्बरमा रहेको बौद्ध धर्मावलम्बीको संख्या ८.२१ प्रतिशत छ। ईस्लाम धर्म ५.०९ र किरात धर्म ३.१७ प्रतिशतले मान्दै आएको तथ्यांक छ।

१.७६ प्रतिशतले क्रिस्चियन, ०.३५ प्रतिशतले प्रकृति ०.२३ प्रतिशतले वोन धर्म मान्दै आएको तथ्यांक कार्यालयले जनाएको छ। जैन र शिखा धर्म मान्नेको संख्या समान ०.०१ प्रतिशत छ। त्यस्तै ५३७ जना व्यक्तिले बहई धर्म मान्दै आएको तथ्यांक सार्वजनिक भएको छ।

२०६८ सालको जनगणनाअनुसार हिन्दू धर्म मान्नेको संख्या ८१.३ प्रतिशत र बौद्ध धर्म मान्नेको संख्या ९ प्रतिशत थियो।

प्रकाशित: १९ जेठ २०८० २०:०९ | Friday, June 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast