आईटी क्षेत्रलाई बजेटले बेवास्ता गर्‍यो : स्वर्णिम वाग्ले

हिमाल प्रेस ५ असार २०८० १९:२० | Tuesday, June 20, 2023
आईटी क्षेत्रलाई बजेटले बेवास्ता गर्‍यो : स्वर्णिम वाग्ले

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताएका हुन्।

नेपालको अथाहा सम्भावना भएको भनिएको पर्यटन क्षेत्रभन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको उनको भनाइ थियो। उनले सरकारले बजेट आईटी क्षेत्रलाई प्राथमिकता दिनसके मात्रै मुलुक समृद्ध बनाउन सकिने बताए।

आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको उनको भनाइ थियो। नेपालमा आईटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको डा. वाग्लेको भनाइ थियो।

निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने वाग्लेले बताए। नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले झारा टार्ने गरी ‘डिजिटल अर्थतन्त्र अपनाइने छ’ भन्ने भाषामा मात्रै खुम्चिएको आरोप वाग्लेको थियो।

प्रकाशित: ५ असार २०८० १९:२० | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast